२९ साउन, काठमाण्डौँ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीमा परि मुत्यु हुनेको संख्या ४९ पुगेको छ ।
बाढीपहिरोले अहिलेसम्म देशका विभिन्न स्थानमा कम्तिमा ४९ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा सबैभन्दा धेरै १० जनाको मृत्यु भएको छ । रौतहटमा ६, मोरङमा ५, पाँचथर, झापा, सिन्धुली र बाँकेमा चार÷चार, सुर्खेतमा तीन, मकवानपुर, बारा र सर्लाहीमा दुई/दुई तथा दाङ, बर्दिया, कैलाली, धनुषा र पाल्पामा एक/एक जनाको मृत्यु भएको छ । विभिन्न जिल्लामा हजारौं घर डुबानमा परेको छ ।
यसैबीच जल तथा मौसम विज्ञान विभागले अझै एक–दुई दिन देशभर पानी पर्ने जनाएको छ । विभागका अनुसार न्यून चापिय रेखा हिमालयको काखमा रहेको समयमा मौसम सक्रिय हुने गर्छ । आइतबार बिहानसम्म मनसुन नेपालको पुर्वी भागमा बढी सक्रिय भएपनि दिउँसोबाट पश्चिमी भेगमा सक्रिय रहनेछ ।