सांस्कृतिक सम्पदाको पुन:निर्माण कछुवा गतिमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

सांस्कृतिक सम्पदाको पुन:निर्माण कछुवा गतिमा

कविता कार्की

काठमाडौं, ८ वैशाख । भूकम्पले क्षति पु-याएको सांस्कृतिक सम्पदाको पुनर्निर्माण कछुवा गतिमा भइरहेको छ । केही सम्पदाको पुनर्निर्माण भएपनि अधिकांश टेकोको भरमा छन् ।

पुरातत्व विभागका अनुसार भूकम्पले क्षति पु-याएको ७ सय ५३ सम्पदामध्ये हालसम्म एक सयवटा सम्पदाको मात्र पुनर्निर्माण भएको छ । ३ सय २९ सम्पदाको पुनर्निर्माण जारी छ भने ३ सय २४ सम्पदाको हालसम्म पुनर्निर्माण सुरुसमेत हुनसकेको छैन ।

२०७२ सालको विनाशकारी भूकम्पले ७ सय ५३ पुतातात्विक सम्पदामा क्षति पु-याएकोमा काठमाडौं उपत्यकाको मात्र ४ सय ६० सम्पदामा क्षति पुगेको थियो । क्षति भएका १ सय ४० सम्पदा विश्वसम्पदा सूचिमा सूचिकृत छन् ।

तर, भूकम्प गएको तीन बर्ष वितिसक्दा पनि जम्मा एक सय वटा सम्पदाको मात्र पुनर्निर्माण भएको छ । आगामी आर्थिक वर्षमा थप ५० वटा ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माणले पूर्णता पाउने पुरातत्व विभागको भनाइ छ । विभागले ५ वर्ष भित्र ८० प्रतिशत सम्पदाहरुको पुनर्निर्माणले पूर्णता पाउने दावी गरेको छ ।

स्वयम्भूस्थित प्रतापपुर मन्दिर, अनन्तपुर, शान्तिपुर, स्वयम्भूनाथ, ललितपुरमा रहेको गुठी बिहार, गद्दी बैठक, पञ्चमुखि हनुमान, सरस्वती मन्दिर र स्वयत भैरवको मन्दिर असारभित्र निर्माण भइसक्ने जनाइएको छ ।

पाटन दरवार स्क्वायर, हनुमानढोका दरवार, रानीपोखरी, धरहरा, पशुपतिनाथ मन्दिर र गोरखनाथ मन्दिरलगायतका सम्पदा पुनर्निर्माणको चरणमा छन् । भने केही सम्पदाको हालसम्म पुनर्निर्माण प्रक्रिया नै सुरु हुनसकेको छैन ।

तर, सांस्कृतिक सम्पदाको पुनर्निमाणको अनुगमन गर्न पुगेका संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी भने पुनर्निर्माणको काम सन्तोषजनक भएको बताउँछन् । पर्यटन मन्त्री अधिकारीले यसो भनिरहँदा सांस्कृतिक सम्पदाको पुननिर्माण भएको ढिलाइले पर्यटन क्षेत्र प्रत्यक्ष प्रभावित भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);