काठमाडौं, ८ बैशाख । सरकारले निकै कसरत गरे पनि प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउन सकेको छैन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी खटाउन निकै मिहिनेत गरे पनि कर्मचारी स्थानीय तह र प्रदेशमा जान आनाकानी गरिरहेको पाइएको छ। सरुवा गरेको ठाउँमा जान नमानेपछि काम अघि बढाउन मन्त्रालयलाई कठिनाइ भएको छ।
सरकारी कर्मचारी स्थानीय तहमा जान अटेर गरेपछि त्यहाँ आवश्यक कर्मचारीको परिपँर्ति हुन सकेको छैन। कर्मचारी नभएका कारण गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका तथा महानगरपालिकाको काम प्रभावित भएको छ।
अहिले महिला विभाग, हुलाकलगायत कार्यालयका कर्मचारी स्थानीय तहमा पठाइरहेको र त्यस्ता कर्मचारी मात्र पठायो भनेर स्थानीय तहबाट मन्त्रालयको आलोचना गरिहेको स्थिति छ। कर्मचारी समायोजनमा भएको लफडाले गर्दा संघीयता कार्यान्वयनमा नै बाधा भएको सचिव दिनेश थपलियाको भनाइ रहेको छ।
मुलुकको ७ सय ५३ स्थानीय तहमा विभिन्न पदका १८ हजार कर्मचारी आवश्यक रहेको छ।
यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।