सिमा क्षेत्र ९० प्रतिशत डुबान हुनुको कारण तत्काल खोजी गर्न माग | ईमाउण्टेन समाचार

Our Network

पुष २४ २०८१, बुधवार

साउन २९, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भारतीय सिमावर्ती क्षेत्रमा नेपालको नब्बे प्रतिशतभन्दा बढि भूभाग डुबान हुनुको कारण तत्काल खोजी गर्न सरकारसँग माग गरेको छ ।

 

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय सिमावर्ती क्षेत्रमा बाँधिएको बाँध र तटबन्धका कारण नेपालको तराई÷मधेशको डुबान समस्या झनै बढेर गएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न सरकारलाई सचेत पनि गराउनु भयो । आईतबार व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा बोल्दै उहाँले झापादेखि कञ्चनपुरसम्म भारतीय सिमावर्ती क्षेत्रमा नेपालको ९० प्रतिशत भूभाग वर्षेनी डुबानमा पर्दा पनि सरकार चुप लागेर बस्न नमिल्ने चेतावनी दिनु भयो । उपाध्यक्ष रावलले भारतीय सिमावर्तीमा हुने गरेको डुबानका कारण जनताले ज्यानै समेत गुमाउन परेको पीडालाई तत्काल सम्बोधन गर्न सरकारले सो सम्बन्धमा छानवीन गर्न समितिनै गठन गर्नुपर्ने माग समेत गर्नु भयो ।

 

उपाध्यक्ष रावलले भारतीय सिमावर्ती क्षेत्रमा डुबान हुने समस्या वर्षेनी बढेर गएको विज्ञहरुको अध्ययण प्रतिवेदनले देखाएको दावी गर्दै त्यसलाई अध्ययण गरेर अघि बढन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । शुक्रबारयता लगातारको वर्षासँगै आएको बाढिका कारण तराई÷मधेशमा दर्जनौको ज्यानै गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);