काठमाडौं, ६ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारले मुलुकको आर्थिक वृद्धिदरमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुर्याउने घोषणा गरेका छन् ।
बिहीवार सगरमाथाको सफल आरोहण गरेका ८ जना विदेशी नागरिकलाई काठमाडौंमा सम्मान गर्दै उनले पर्यटन क्षेत्रको प्रवद्र्धनमा लाग्न सबैलाई आह्वान पनि गरे । मन्त्री अधिकारीले नेपाललाई पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बनाउन लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।