बाढीका कारण सौराहाका होटल तथा रेष्टुरेण्ट जलमग्न | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

साउन २९ , काठमाण्डौँ । चितवनको पर्यटकीय नगरी सौराहामा राप्ती नदीको बाढी पसेको छ । राप्ती नदीमा १५ वर्षयताकै ठूलो बाढी आएका कारण सौराहाका होटल तथा रेष्टुरेण्ट जलमग्न भएका छन् ।

सौराहामा बाँध नाघेर पसेको बाढीले पार्किङ गरेर राखिएका कार बगाएको छ । सौराहको हात्ती चोकसम्म बाढी पसेपछि पर्यटकहरुलाई सुरक्षित स्थानमा सारिएको पर्यटन व्यवसायी जीत तामाङले बताउनुभयो । उता पूर्वी चितवनको खैरहनी नगरपालिकाको हर्नरी बैरिया डुबानमा पर्दा १ सय ५० परिवार विस्थापित भएका छन् ।

घरमा ५ फिटसम्म बाढी पसेका कारण स्थानीयवासी सुरक्षित स्थानतर्फ लागेका हुन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);