मोहन पनेरु
डोटी, ३ बैशाख । जिल्ला कारागार डोटीमा रहेका कैदीहरुले सीपमूलक तालिम, पाठ्य र खेलकुद सामाग्री उपलब्ध गराउन माग गरेका छन् । सजाय भुक्तानी गरेपछि सामाजिक काममा फर्कन चाहने कैदीहरुले सीपमूलक तालिमको माग गरेका हुन् । कैदीहरुले आफूहरुलाई विकासको काममा खटाउन समेत आग्रह गरेका छन् ।
डिोटीका कैदीहरुले सीपमूलक तालिम, पाठ्य र खेलकुद सामाग्रीको माग गरेका छन् । सजाय भुक्तानी गरेपछि सामाजिक काममा फर्कन चाहने कैदीहरुले सीपमूलक तालिमको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
कैदीहरुले कारागार पारिवारिक वातावरण नभएको र भौतिक संरचाना कमजोर भएका कारण उकुसमुकुस भएको गुनासो गरेका छन् । उनीहरुले कैदीहरुकै नाममा आर्थिक हिनामिना हुनुका साथै प्रहरीले अपहेलना गर्ने गरेको आरोप लगाएका छन ।
कैदीहरुले आफूहरुलाई विकास निर्माणको काममा खटाउन समेत माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कारागारमा कैदी र प्रहरीबीच सुमधुर सम्बन्ध बनाउने प्रतिबद्धता जनाए ।
प्रशासनले कैदीहरुका लागि सीपमुलक तालिम खेलकुदका सामाग्री उपलब्ध गराउन पहल गर्ने आश्वासन दिएको छ ।




