नुवाकोट, २ बैशाख । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहको कर्मचारी समस्या १५ दिन भित्र अन्त्य हुने दाबी गरे। नुवाकोटको विदुर नगरपालिकामा भएको कार्यक्रममा मन्त्री पण्डितले १५ दिनभित्र सबै प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी परिचालन गर्ने दाबी गरेका हुन् ।
कर्मचारीको रोजाइको आधारमा स्थनीय तहमा कर्मचारी परिचालन गर्ने उनको भनाई छ । कर्मचारीको अभावले स्थानीय तहको काम प्रभावकारी नभएको भन्दै मन्त्री पण्डितले कर्मचारी परिचालन स्थानीय तहको काम प्रभावकारी हुने बताए ।
मन्त्री पण्डितले कर्मचारी र जनप्रतिनिधिलाई कूटनीतिक भ्रमण बाहेक अन्य भ्रमणमा अनुमति नलिइ नजान सचेत गराएका छन् ।