पञ्चेश्वर परियोजनाबारे भीम रावलले मागे प्रधानमन्त्री ओलीसँग जवाफ | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८१, मंगलबार

पञ्चेश्वर परियोजनाबारे भीम रावलले मागे प्रधानमन्त्री ओलीसँग जवाफ

bhimrawal

काठमाडौं, २९ चैत । सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पञ्चेश्वर परियोजना अघि बढाउने विषयमा भारत सरकारको धारणा सार्वजनिक गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् ।

उपाध्यक्ष रावलले तराईमा हुने डुबान समस्या समाधानका विषयमा पनि प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भारतसँग कसरी विषय उठान ग-यो भनि प्रश्न समेत गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले पञ्चेश्वर परियोजना कसरी अघि बढाउने भन्ने विषयमा संयुक्त पत्रकार सम्मेलनमा जानकारी नगराइएकाले आफू यस विषयमा अनविज्ञ रहेको बताए ।

भारतको राजकीय भ्रमणपछि प्रधानमन्त्री ओलीसँग भेट नभएको भन्दै उपाध्यक्ष रावलले भारतले २० वर्षमा पञ्चेश्वर परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार पार्न समेत चासो नदिएको बताए । उपाध्यक्ष रावलले मुलुकको साझा हितका विषयमा सहकार्य गरेर अघि बढ्न प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई पनि आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);