नेपाल प्रहरी र सशस्त्र प्रहरीका नयाँ महानिरीक्षक खनालद्वयलाई दज्र्यानी चिन्ह प्रदान | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नयाँ महानिरीक्षक खनालद्वयलाई दज्र्यानी चिन्ह प्रदान

sarbendra-sailendra

काठमाडौं, २९ चैत । नयाँ प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाललाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । गृहसचिव प्रेमकुमार राईले गृह मन्त्रालयमा भर्खरै एक समारोहबीच खनाललाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह लगाईदिएका हुन् ।

सरकारले खनाललाई गत सोमबार प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । नेपाल प्रहरीमा २५ जना उच्च अधिकृतले एकैदिन अवकाश पाएका छन् । महानिरीक्षक प्रकाश अर्याल, १५ जना अतिरिक्त महानिरीक्षक र ९ जना नायब महानिरीक्षकले बुधबार अवकाश पाएका हुन् । अवकाश पाउने प्रहरी अतिरिक्त महानिरीक्षकमा जयबहादुर चन्द, देवेन्द्र सुवेदी, बमबहादुर भण्डारी, पशुपती उपाध्याध्य, बिजयलाल कायस्थ, पंकज श्रेष्ठ, विजय भट्ट, कमलसिंह बम, केशरीराज घिमिरे, माधव जोशी, रणबहादुर चन्द, हेमन्त पाल, माधव नेपाल, मिङमार लामा र मधु पुडासैनी छन् ।

उनिहरुको ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएका हुन् । यस्तै, प्रहरी नायब महानिरीक्षकहरु गणेश केसी, भोगबहादुर थापा, केदार मानसिंह भण्डारी, पुष्कल रेग्मी, रमेश भट्टराई, पुष्प रञ्जित, रोमेन्द्रसिंह देउजा, सुदीप आचार्य र गोविन्द निरौलाले पनि ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएका छन् । सेवा अवधिका कारण अवकाश पाएका उच्च अधिकृतहरुको बुधबार प्रहरी मुख्यालयमा एक कार्यक्रम गरी विदाइ गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);