प्रधानमन्त्रीले भने- सुरुङ खनेर भए पनि लामाबगरबाट चीन जोडिन्छ | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

प्रधानमन्त्रीले भने- सुरुङ खनेर भए पनि लामाबगरबाट चीन जोडिन्छ

pm kp oli

दोलखा, २९ चैत । चिनियाँ राजदूतसँगै लामा बगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ बनाएरै भए पनि लामाबगरबाट चीनसँगको नाका जोड्ने प्रतिवद्धता जनाएका छन् ।

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थलगत निरीक्षणका क्रममा लामाबगर पुगेका प्रधानमन्त्री ओलीले ६ /७ किलोमिटर सडक निर्माण गरेरै भए पनि नाका जोडिने बताए । भारतको सिमाना भिट्टामोडदेखि लामाबगरसम्मको सडक राम्रोसँगै २ लेनको तयार भएको छ ।

‘अब तिब्बत सिमाना पुग्न थोरै भएकाले कठिन भूगोलमा सुरुङ बनाएर भए पनि नाका खुल्छ,’ प्रधानमन्त्रीले भने, ‘यसबारे म काठमाडौं फर्कनासाथ विशेष निर्णय हुन्छ ।’ प्रधानमन्त्री ओलीले नाका जोड्ने कुरा गर्दा चिनियाँ राजदूत यू होङ साथमै थिइन् । आजको कारोबारले पहिलो पृष्ठमा समाचार छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);