काठमाडौं, २७ चैत । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले व्यवसायीहरुलाई कर तिर्ने दायीत्वबाट नपन्छन आग्रह गरेका छन् । नाडा अटोमोवाइल्स एशोसियसन अफ नेपालको ४१ औं बार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले व्यवसायीलाई करको दायरामा आउन आग्रह गर्दै राजश्वको दुरुपयोग हुन नदने प्रतिबद्धता व्यक्त गरे ।
उनले सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । कार्यक्रममा व्यवसायीहरुले नीजि क्षेत्रको मनोबल बढाउने गरी लगानीमैत्री पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिएका थिए । साधारणसभाले शम्भुप्रसाद दाहाललाई आगामी दुई बर्षको लागि नाडाको अध्यक्ष पदमा निर्वाचित गरेको छ।