त्रिपुरेश्वर स्थित नेपाल आँखा अस्पताल ४४ औं बर्षमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

त्रिपुरेश्वर स्थित नेपाल आँखा अस्पताल ४४ औं बर्षमा प्रवेश

काठमाडौं, २६ चैत । त्रिपुरेश्वर स्थित नेपालको पुरानो आँखा अस्पताल ४४ औं बर्षमा प्रवेश गरेको छ । अन्धोपनको निवारणका लागि केही समाजसेवीको पहलमा विक्रम संवत् २०३० सालमा ६ वटा वेडबाट सुरु भएको अस्पताल अहिले सुविधासम्पन्न भएको छ ।

त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले हाल प्रतिदिन सरदर ५ सय ५० जना विरामीलाई उपचारसेवा दिइरहेको छ । विक्रम संवत २०३० सालमा ६ वटा वेडबाट सेवा सुचारु भएको अस्पताल अहिले ९८ वटा वेड सहित सुविधा सम्पन्न अस्पतालको रुपमा परिणत भएको छ ।

यस अस्पतालले विभिन्न जिल्लामा वर्षको दुई वटा निःशुल्क आँखा शिविर समेत सञ्चालन गरिरहेको छ । अस्पतालले समयसापेक्ष आफ्नो सेवाको दायरालाई पराकिलो बनाउँदै लैजाने योजना बनाएको छ ।

कोही पनि आँखाको उपचारबाट बञ्चित नहुन भन्ने उद्देश्यकासाथ अस्पतालले डोर टु डोर सेवा प्रदान गर्ने अभियान चलाउने अस्पताललका मेडिकल डाइरेक्टर इन्दुप्रसाद ढुङगेलले बताए ।

४४ औं बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बिभिन्न जिल्लाबाट आँखाको उपचार गराउन आएका बृद्धबृद्धाहरु आँखाको निशुल्क शल्यक्रियाबाट आँखा देख्न सक्ने भएपछि खुसी देखिन्थे ।

अस्पतालबाट वार्षिक १ लाख बिरामीले सेवा लिने गरेका छन् । यस अस्पतालले देशमा दक्ष नेत्रविज्ञ तथा नेत्रसहायक उत्पादनमा समेत योगदान पुर्याएको छ ।

यस अस्पतालमा मोतिविन्दु, रेटिना, अकुलोप्लास्टी, ग्लुकोमा, डेढो आँखा सर्जरी र माइनर शल्यक्रिया गरी ४ हजार २ सय ७० जनाले शल्यक्रिया सेवा लिइसकेका छन् । अस्पतालले ८० वर्ष नाघेका बिरामी र शारिरिक रुपमा अशक्त भएकाहरुको शल्यक्रियामा २५ प्रतिशत छुटको व्यवस्था पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);