श्याम गुप्ता
बारा, २६ चैत । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ६ नगौलका खड्कभक्त पौडेल सरकारी जागिर छोडेर कृषि पेशामा लागेका छन् । जिवातु प्रविधिबाट उनले तरकारी उत्पादन गरेका छन् ।
बारा नगौलका खड्कभक्त पौडेल सरकारी सेवाबाट बिदा लिएर कृषि पेशामा लागेका हुन् । रासायनिक मलको उन्मुलन गर्ने उद्दश्यले पौडेलले जिवातु प्रविधिबाट तरकारी खेती सुरु गरेका छन् । उनले विषादी रहित राजमा, टमाटर, आलु, गहुँ मुसुरो उत्पादन गरेका छन् ।
उनले रासायनिक मलको सट्टा गाउँ भरीका गाई भैंसीको गोबर र मुत्रजम्मा पारेर झोल बनाएर तरकारी खेतीमा प्रयोग गर्छन् । जिवातु प्रविधिबाट तरकारी खेती गर्दा सप्रनुका साथै स्वास्थ्यको लागि फाइदाजनक हुने उनको भनाई छ ।
उनले जिवातु प्रविधिबाट तरकारी तथा अन्य बालीनालीका बिउ समेत उत्पादन गरेका छन् । जिवातु तरकारी बालीका लागि भिटामिनको रुपमा मानिन्छ । अहिले जिवातु नेपलिज नेचुरल बायो प्रोडक्टले देशभर पु-याएको छ । एक सय रुपैयाँमा एक लिटर पाइने जिवातु भिटामिनसँग झोलमोलको प्रयोग गरी करिब १० कठ्ठा सम्म खेती गर्न सकिन्छ ।
अर्गानिक तरकारीबारे उनले चेतना मुलक कार्यक्रम गर्र्दै आएका छन् । जिवातुको प्रयोग गर्दा माटोको रक्षा हुनुका साथै स्वस्थकर तरकारीको उपभोग गर्न पाइन्छ । जिवातुको विकास गरेर बारामा उदाहरणीय बनेका पौडेलले कृषकहरुलाई जिवातुको प्रयोग गर्न आग्रह गर्दै आएका छन् ।