काठमाडौं, २६ चैत । नेपाल आँखा अस्पतालले ४४ औं वार्षिकोत्सव मनाएको छ । अन्धोपनको निवारणका लागि केही समाजसेवीको पहलमा आखा अस्पतालको स्थापना भएको हो । कार्यक्रममा रक्षामन्त्री इश्वर पोखरेलले अस्पतालले ४४ औ बार्षिकोत्सवको अवसरमा ४४ जना मोतीविन्दुका विरामीको निशुल्क शल्यक्रिया गरि आखाको पट्टी खोलेर कार्यक्रममको उद्घाटन गरे ।
नेपाल आखा अस्पताल नेपालकै पुरानो आखा अस्पताल हो । यसले प्रतिदिन सरदर ५५० जना बिरामीको उपचारमा सेवा पुर्याउँदै आएको छ । आखा अस्पतालले देशका बिभिन्न जिल्लामा तथा दुरदराजमा आखाको समस्याबाट पिडीत भएका बिरामीहरुको उपचारको लागी बर्षका दूइ पटक निशुल्क आखा शिविर संचालन गर्दै आएको आखा अस्पतालका कार्यकारी अधिकृत दमन बहादुर घलले बताए ।
उहाले अस्पतालले समय समपेक्ष आफनो सेवाको दायरालाइ पराकिलो बनाउदै लैजाने योजना रहेको बताए । कोही पनि आखाको उपचारबाट बञ्चित भन्ने हेतुले अस्पतालले डोर टु डोर सेवा प्रदान गर्ने अभियान चलाउने अस्पताललका मेडिकल डाइरेक्टर इन्दु प्रसाद ढुङगेलले बताए ।
बिभिन्न जिल्लाबाट आखाको उपचार गराउन आएका आखाको समस्याबाट पिडीत भएका बृद्धबृद्धाहरु त्रिपुरेश्वर अस्पतालले आखाको निशुल्क शल्यक्रियाबाट आखा देख्न पाउदा खुशि व्यक्त गरेको थिए ।
२०३० सालमा ६ बटा बेडबाट सुरुवात भएको अस्पताल हाल भने ९८ बेड सहित सुबिधा सम्पन्न अस्पतालको रुपमा परिणत भएको छ । अस्पतालबाट वार्षिक १ लाख बिरामीलेसेवा लिने गरेका छन् । यस अस्पतालले देशमा दक्ष नेत्रविज्ञ तथा नेत्र सहायक उत्पादनमा सहयोग पुर्याउँदै आएको छ । तीमध्ये मोतिविन्दु, रेटिना, अकुलोप्लास्टी, ग्लुकोमा, डेढो आँखा सर्जरी र माइनर शल्यक्रिया गरी ४ हजार २ सय ७० जनाले शल्यक्रिया सेवा लिएका छन् ।
अस्पतालले ८० वर्ष नाघेका बिरामी, अपांगताको शल्यक्रियामा २५ प्रतिशत छुटको व्यवस्था पनि गरेको छ । अस्पतालले आफनो सेवाको दायरालाइ अझ विस्तार गर्दै सीमान्तकृत वर्गलाई सेवा पु¥याउने लक्ष्य साथ अगाडी बढनु अहिलेको आवश्यक्ता रहेको छ । आगामी दिनमा नेपालमा आँखासम्बन्धी अनुसन्धान आवश्यक रहेकाले अनुसन्धान केन्द्रको स्थापनाका गरि अगाडी पर्ने देखिन्छ ।