शरणार्थी फिर्ता भएनन् | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

शरणार्थी फिर्ता भएनन्

rohingya refugee

एजेन्सी, २६ चैत । संयुक्त राष्ट्रसंघले म्यान्मा रोहिंग्या शरणार्थी फिर्ता गर्न तयार नभएको आरोप लगाएको छ । देशमा सेनाबाट अत्याचार भएपछि रोहिंग्या बंगलादेश र भारतलगायतका देशमा शरण लिइरहेका छन् । हालै म्यान्माको भ्रमण गरेपछि राष्ट्रसंघीय एक अधिकारीले उक्त जानकारी दिएको राष्ट्रसंघले जनाएको छ ।

हाल करिब सात लाख रोहिंग्याले बंगलादेशमा शरण लिइरहेका छन् । म्यान्माको ६ दिन लामो भ्रमणपछि मानवाधिकार हेर्ने उर्सुला मुएलरले भने, ‘मैले जे देखेँ, सुनेँ स्वास्थ्य सेवा दयनीय छ । म्यान्माबाट देश छाड्नेको संख्या घटेको छैन ।’ उनीहरूलाई फिर्ता लाने सम्झौतामा हस्ताक्षर गरे पनि यांगुनले लागू नगरेको उनले स्पष्ट पारेका छन् ।

गत नोभेम्बरमा बंगलादेशमा रहेका रोहिंग्या शरणार्थीलाई सुरक्षित र सम्मानजनक तरिकाले स्वदेश फिर्ता गर्न म्यान्मा तयार भएको भन्दै सम्झौता गरेको थियो । म्यान्माले हजारौं रोहिंग्या शरणार्थीको पहिचान गरिसकेको छ । मुएलरलाई म्यान्मा सरकारले सीमित क्षेत्रमा जाने अनुमति दिएको थियो । उनले म्यान्माका रक्षामन्त्री र राज्य सहायक आङ सान सू चीलाई भेटेका थिए ।

गत अगस्तमा रोहिंग्याका सशस्त्र लडाकुले सेनामाथि आक्रमण शुरु गरेपछि भएको कारबाहीमा हिंसा बढेको थियो ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);