भारत भ्रमण सफल : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

पुष १६ २०८१, मंगलबार

भारत भ्रमण सफल : प्रधानमन्त्री ओली

Primeminsiter Oli

काठमाडौं, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण उपलब्धिमूलक भएको दाबी गरेका छन् । भारतको तीनदिने राजकीय भ्रमण पूरा गरी आइतबार बेलुका स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विभिन्न आयामबाट भ्रमण उपलब्धिमूलक भएको दाबी गरे ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सभामुख कृष्ण बहादुर महरा र सरकारका मन्त्रीहरुको स्वागत तथा नेपाली सेनाको सम्मानपछि पत्रकारमाझ पेश भएका ओलीले आफ्नो भ्रमणले दुई देशबीच विश्वास अभिबृद्धि हुनुका सम्वन्ध थप सुदृढ भएको बताए । उनले जलमार्ग र रेलमार्गको समझदारी सम्बन्ध सुदृढ हुनुको परिणाम भएको बताए ।

प्रधानमन्त्री ओलीले आफूले नेपालले पारस्परिक हित, मित्रता र तथा एकअर्काको सार्वभौमसत्ता र स्वाभिमानको सम्मान हुने गरी वैदेशिक सम्बन्ध विस्तार गर्न चाहेको कुरा स्पष्टसँग राखेको र यसमा भारतीय समकक्षी नरेन्द्र मोदी सकारात्मक रहेको बताए । उनले नेपालको नयाँ जनमतलाई भारतले स्वागत गरेको भन्दै दुई देशबीचको सम्बन्धबारे अब तस्बीर आफैं बोल्ने बताए । उनले लिखितरुपमा आएका विषय कार्यान्वयन गर्ने र अलिखित विषयलाई उछाल्नुको साटो वार्ताबाट समाधान गर्ने बताए ।

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग सीमा विवाद, डुवान लगायतका समस्याबारे गम्भीर कुरा भएको बताए । उनले पञ्चेश्वर, अरुण तेस्रो, हुलाकी मार्ग लगायत आयोजनालाई तीब्ररुपमा अगाडि बढाउने सहमति भएको पनि बताए । गत शुक्रबार भारतको राजकीय भ्रमणमा गएका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा समकक्षी नरेन्द्र मोदीसँग डेढ घण्टा अलग्गै वार्ता गरेका थिए भने द्विपक्षीय वार्तापछि १२ बुँदे संयुक्त वक्तव्य जारी भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);