साउन २७ , काठमाण्डौँ । चीनको सान्ची प्रान्तमा यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य १३ जना घाईते भएका छन् । मारिनेमा अधिकांश बालबालिका रहेका छन् । चीनको सान्ची प्रान्तको चेङदुमा गुडिरहेको बसले नियन्त्रण गुमाई पर्खालमा ठोक्किँदा दुर्घटना भएको बताइएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । दुर्घटनाका कारण बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।