साढे ६ हजार जनताको भागमा एक डाक्टर | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

साढे ६ हजार जनताको भागमा एक डाक्टर

doctor

काठमाडौं, २४ चैत । कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको चरम अभाव छ । कर्णालीमा कार्यरत एक चिकित्सकको भागमा ६ हजार सात सय १० जनाको स्वास्थ्यको जिम्मा छ । कर्णालीका १० जिल्लामा १५ वटा जिल्ला अस्पताल र १३ प्राथमिक स्वास्थ्य केन्द्रमा कुल २६४ चिकित्सक कार्यरत छन् । १० जिल्लाको जनसंख्या भने १७ लाख ७१ हजार ६ सय ४० छ ।

त्यसो त कर्णालीका अधिकांश जिल्ला अस्पतालमा चिकित्सक नै भेटिँदैनन् । दरबन्दीअनुसार सरुवा नहुने र भएका पनि काजमा सुविधायुक्त क्षेत्रमा जाने समस्या छ । संघीय स्वास्थ्य मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा एकजना चिकित्सकले ६ हजार सात सय १० जनालाई स्वास्थ्य सेवा पुर्‍याउनुपर्नेछ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार १० हजार जनसंख्यालाई कम्तीमा तीनजना चिकित्सक चाहिन्छ । यो मापदण्डअनुसार १७ लाख ७१ हजार ६४० जनसख्ंयाका लागि ५१८ जना चिकित्सक आवश्यक पर्छ । तर, अहिले मापदण्डभन्दा २५४ चिकित्सक कम छन् । हालै सामाजिक विकास मन्त्रालयले तयार पारेको तथ्यांकअनुसार स्वास्थ्य चौकी ३३६, प्रसूति केन्द्र २७४ र एम्बुलेन्स ३२ वटा छन् ।

५३ प्रतिशत बालविवाह
कर्णालीमा बालविवाह दर पनि बढी छ । प्रदेशका हिमाली जिल्लामा यो समस्या बढी छ । प्रदेश सरकारले हालै संकलन गरेको तथ्यांकअनुसार कर्णाली प्रदेशमा ५३ प्रतिशत बालविवाह हुने गरेको छ ।

४४ जना विद्यार्थीलाई एकजना शिक्षक
अहिले कर्णाली प्रदेशमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक संख्या निकै कम छ । प्रदेशका सुर्खेत, जाजरकोट, सल्यान, दैलेख र पश्चिम रुकुममा सामान्य समस्या भए पनि हिमाली जिल्लामा भने शिक्षकको चरम अभाव रहेको मन्त्रालयको तथ्यांकमा देखिन्छ । हिमाली जिल्लामा ३० जना विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने हो । तर, औसतमा ४४ जना विद्यार्थी बराबर एकजना शिक्षकको अनुपात देखिएको छ । हिमाली जिल्लाका कतिपय विद्यालय त एक शिक्षकको भरमा मात्रै चलेका पनि छन् । मन्त्री रावलले यस्तो समस्या समाधानका लागि आवासीय विद्यलाय सञ्चालन गर्ने योजनामा सरकार रहेको बताए ।

सिंहदरबारले केही गरेन, अब हामी गर्छौँ
सिंहदरबारको स्वास्थ्य र शिक्षा नीतिले कर्णालीमा काम गरेन । अब कर्णालीमा प्रदेशस्तरको मेडिकल कलेज सञ्चालन गर्ने, हरेक जिल्लामा ५० शैया र निर्वाचन क्षेत्रमा १५ देखि २५ शैयाको अस्पताल बनाउने योजना छ । यी अस्पतालमा विशेषज्ञसहितका चिकित्सक हुनेछन् । दल रावल, सामाजिक विकासमन्त्री ,आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);