काठमाडौं, २१ चैत । टुरिष्ट बसको प्रयोग गरी भारतको दिल्लीबाट रक्तचन्दन तस्करी हुनेगरेको खुलासा भएको छ । विशेष सूचनाको आधारमा भारतको दिल्लीबाट काठमाडौं आउँदै गरेको ना ४ ख ५४१६ नम्बरको टुरिष्टबसमा छापा मार्दा रक्तचन्दनसहित विभिन्न अवैध बस्तु फेला परेको महानगरिय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मंगलबार दिउँसो महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले बसको खानतलासी गर्दा बसको माथिल्लो भागमा फल्स बटम बनाएर लुकाएको अवस्थामा ११ किलो रक्तचन्दनसहित कुर्ता, साडी, जुत्ता लगायत करिब ३० लाख बराबरको समाग्री भेटिएको महानगरीय प्रहरी परिसरले जानको छ ।
प्रहरीले बसको चालक र सहचालकलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको जनाएको छ । सम्बन्धित सवारीधनी भने फरार रहेको प्रहरीको भनाइ छ ।