वसन्तपुर क्षेत्रको प्रहरी वृत्त नजिकैको मन्दिरमा चोरी | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

वसन्तपुर क्षेत्रको प्रहरी वृत्त नजिकैको मन्दिरमा चोरी

basantapur darbar

काठमाडौं, २१ चैत । सुरक्षा अवस्था चुस्तदुरुस्त मानिएको वसन्तपुर क्षेत्रबाट मन्दिरका बहुमूल्य समाग्री चोरी भएका छन् ।
महानगरीय प्रहरी वृत्त जनसेवाबाट करिब दुई मिनेटको दूरीमा रहेको नवनिर्मित नास देवः मन्दिरमा राखिएको तामपत्र, मन्दिरको टुँडाल र ढोकाको अन्तरा चोरी भएको हो ।

मन्दिरको बहुमूल्य सामाग्री चोरी हुँदा प्रहरीले पत्ता लगाउन सकेको छैन । सो मन्दिरको चैत १५ गते सम्पन्न प्रसाद ग्रहण कार्यक्रम भएको तीन दिनपछि ती सामाग्री चोरी भएको हो ।

१८ गते बिहान तामपत्र, मूल ढोकाको अन्तरा र पटकपटक गरी दुइृवटा टुँडाल चोरी भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);