राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास

काठमाडौं, २० चैत । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास गर्दै संघीय संसदको पहिलो अधिवेशन सकिएको छ । मंगलबारको बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त पढेर सुनाउँद अधिवेश अन्त्य भएको जनाकारी गराएका हुन् । जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था भएको र १५ दिनअघि नै बजेट अधिवेशन सुरु गर्नुपर्ने भएकाले संसदको पहिलो अधिवेशन अन्त्य गरिएको हो ।

अधिवेशन अन्त्यको घोषणा गर्नुपूर्व आजको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास गरेको छ । शिक्षा, वन तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संसदमा पेश गरेको अध्यादेशलाई बहुमतले पास गरेको हो ।

यसअघि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एउटा जिल्लामा एकमात्र मेडिकल कलेज खोल्न दिने अध्यादेशको प्रावधानमाथि संशोधन प्रस्ताव हालेका थिए । तर उनको प्रस्तावलाई संसदको बहुमतले अस्वीकार गरिदिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);