साउन २७ , काठमाण्डौँ । राष्ट्रिय जनता पार्टी नेपालले संसद्मा विचाराधीन संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्न प्रमुख दुई सत्तारुढ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसँग आग्रह गरेको छ ।
राजपा नेपालले प्रधानमन्त्री निवास बालुवाटारमा भएको काँग्रेस र माओवादी केन्द्रका नेतासँगको बैठकमा संशोधन विधेयक तत्काल निर्णयार्थ पेश गर्न आग्रह गरेको हो । राजपा नेपालका नेताहरुले संसद्ले गर्ने निर्णय आफूहरुलाई स्वीकार्य हुने बताएका छन् । राजपा नेपालका नेताहरुले भारतीयविदेश मन्त्री सुष्मा स्वराजसँग सामूहिक भेटवार्ता गरेको भोलिपल्टै सत्तारुढ दलसँगको बैठकमा संसद्को निर्णय जे आएपनि आफूहरु निर्वाचनमा भाग लिन तयार रहेको बताएका हुन् ।
२ नम्बर प्रदेशमा आगामी असोज २ गते निर्वाचन हुँदै छ ।