सरकारी चिकित्सक सङ्घद्धारा देशभरका सरकारी अस्पतालको बहिरङ्ग सेवा बन्द | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

साउन २७, काठमाण्डौं ।

सरकारी चिकित्सक सङ्घ (गोदान)ले आज देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरेको छ ।

 

अनशनमा बस्नुभएका डा गोविन्द केसीको माग सम्बोधनका लागि दबाब दिँदै सङ्घले आज आकस्मिक बाहेकका सेवा बन्द गरेको हो ।

 

डा केसी त्रिवि शिक्षण अस्पतालमा चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्नेलगायतको माग राख्दै १९ दिनदेखि आमरण अनशनमा बस्नुभएको छ ।

 

बिहीबार आकस्मिक बैठक बसेर आजदेखि सम्पूर्ण अस्पतालमा आकस्मिक बाहेकका सेवामा संलग्न नहुने निर्णय गरेको हो । सङ्घले यसअघि चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

 

सङ्घका अध्यक्ष डा दीपेन्द्र पाण्डेले अस्पतालमा हुने बिरामी र भर्ना भएर बसेका बिरामीको उपचारका लागि अस्पताल परिसरमा आवश्यक पूर्वाधार जुटाएर ओपिडी सेवा उपलब्ध गराउने विज्ञप्तिमार्फत जनाउनुभएको छ ।

 

सङ्घले अस्पताल परिसरमा बहिरङ्ग सेवा बाहिर बसेर सेतो कागजमा लेखी बिरामी हेर्न चिकित्सकलाई अनुरोध गरेको छ । राज्यले विगतमा औपचारिकताका लागि छिटफुट वार्ता गरेपनि डा केसीका माग पूरा गर्न उदासीनता देखाएको सङ्घले आरोप लगाएको छ ।

 

सङ्घको निर्णयबाट उत्पन्न हुने असहजताको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारको हुने समेत सङ्घले विज्ञप्तिमा उल्लेख गरीएको छ ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);