सिण्डिकेटको विरोध गर्ने व्यवसायीको रुट इजाजत खारेज गर्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

सिण्डिकेटको विरोध गर्ने व्यवसायीको रुट इजाजत खारेज गर्ने चेतावनी

अप्सरा लामिछाने

काठमाडौं, १९ चैत । यातायात व्यवसाय क्षेत्रमा देखिएको सिण्डिकेट तोड्ने सरकारको प्रयासलाई व्यवसायीले चुनौति दिँदै आएका छन् । खुला बजार प्रतिष्पर्धाको मान्यतालाई चुनौति दिँदै व्यवसायी सिण्डिकेटको पक्षमा उभिँदा सर्वसाधारण भने सस्तो मूल्यमा गुणस्तरिय सुविधा लिनबाट बञ्चित भएका छन् ।

यातायात क्षेत्रमा व्याप्त सिण्डिकेट काठमाडौं–बनेपा रुटमा मयूर यातायातलाई रुट इजाजत दिएसँगै सतहमा आएको छ । नयाँ बस थपिएसँगै यस रुटमा बस सञ्चालन गर्दै आएका व्यवसायी विरोधमा उत्रिएका छन् ।

सरकारले मयुर यातायत प्रालीलाई रुट इजाजत दिएपछि कोटेश्वर पूर्वका १३ वटा समितिले अरनिको राजमार्गमा गाडी गुडाउन बन्द गरी आन्दोलनमा उत्रिएका हुन् ।

कोटेश्वर पूर्व यातायात समन्वय समितिले स्थानीय व्यवसायीसँग समन्वय नगरी नयाँ कम्पनीलाई रुट इजाजत दिएको दाबी गरको छ । तर, मयूर यातायातका पदाधिकारी भने खुला प्रतिष्पर्धाको मान्यता विपरित पुराना व्यवसायीले दादागिरी देखाएको बताउँछन् ।

पुराना व्यवसायीको सिण्डिकेटमा यातायात व्यवसायी महासंघले पनि साथ दिएको छ । यातायात व्यवस्था विभागले भने तत्काल अवरोध हटाउन चेतावनी दिएको छ । विभागले रुट इजाजत यातायात व्यवसायी महासंघको सिफारिसमा नभई विभागमा पञ्जिकरणका आधारमा दिने प्रष्ट पारेको छ ।

जतिसुकै आन्दोलन गरे पनि मयुर यातायात प्रालिलाई दिएको रुट इजाजत खारेज नहुने विभागको भनाइ छ । अझ विभागले आन्दोलन फिर्ता नलिए आन्दोलनमा उत्रने व्यवसायीहरुको नै रुट इजाजत खारेज गर्ने चेतावनी दिएको छ ।

आन्दोलनरत व्यवसायीले भने यातायात सञ्चालन अनुमती दिने निकायले अध्ययन नै नगरी नयाँ कम्पनीलाई अनुमति दिएको आरोप लगाएको छ ।

आफूहरुले सिण्डिकेट प्रणालीबाट नभई आलोपालो प्रणालीबाट बस सञ्चालन गरेको उनीहरुको भनाइ छ । आधा शताब्दी देखि सेवा सञ्चालन गरिरहेका व्यवसायीसँग समन्य नै नगरी विभागले मनलागि रुट इजाजत दिएको उनीहरुको आरोप छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);