रुपन्देहीमा बर्डफ्लुको उच्च जोखिम | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

रुपन्देहीमा बर्डफ्लुको उच्च जोखिम

khukhura

विवेक विश्वकर्मा,
रुपन्देही, १९ चैत । रुपन्देहीमा बर्डफ्लुको उच्च जोखिम देखिएको छ । सिमावर्ती भारतीय बजार सुनौली क्षेत्रमा बर्डफ्लुको संक्रमण देखिएपछि रुपन्देहीमा जोखिम बढेको हो । जोखिम बढेपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

सुनौली क्षेत्रमा बर्डफ्लुको संक्रमण देखिएपछि भैरहवामा एभियन इन्फ्लूएन्जा प्राविधिक समन्वय समितिले रुपन्देहीमा उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । खुल्ला सिमानाका कारण कुखुरा, कुखुराको चल्ला र अण्डा तस्करी हुँदा जिल्लामा बर्डफ्लुको संक्रमण फैलन सक्ने भन्दै उच्च सतर्कता र निगरानी बढाइएको हो । अहिलेसम्म रुपन्देहीमा कुनै प्रकोप नदेखिएपनि सतर्कता अपनाइएको हो ।

एसियाका विभिन्न देशमा भेटिएको बर्डफ्लुका कारण धेरैको मृत्यु भइसकेको छ । बर्डफ्लु कुखुरा र पंक्षीहरूबाट लाग्ने रोग हो । कुखुराको टाउको सुन्नीने, र्याल आउने, पंजामा रातो तथा निलो हुनु वा एकैपटक धेरै मर्नु बर्डफ्लुको लक्षण हो । डाक्टरहरुले यस्ता लक्षण देखिए सचेत हुन नागरिकलाई आग्रह गरेका छन् ।

बर्डफ्लु प्रभावित क्षेत्रको तीन किलोमिटरसम्म फैलनसक्छ । भारतको सुनौली नेपालको तीन किलोमिटर क्षेत्र भित्र पर्छ । २०६७ सालमा बर्डफ्लुको प्रकोप फैलिएपछि सरकारले भारतबाट पशुपंक्षीजन्य आयतमा रोक लगाएको थियो । तर खुला सिमाका कारण आयत रोकिएको छैन् । रुपन्देहीमा ७ सय २० दर्ता भएका कुखुरा फार्म छन् भने १ हजार ५ सय बढी दर्ताबिहीन फार्म संचालनमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);