अब गाडीमा गीत बजाएबापत तिर्नुपर्छ रोयल्टी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अब गाडीमा गीत बजाएबापत तिर्नुपर्छ रोयल्टी

gadi bus

काठमाडौं, १९ चैत । भाडाका गाडीले गीतसंगीत बजाएबापत स्रष्टालाई रोयल्टी तिर्नुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि संशोधन गरेर भाडाका गाडीमा रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको हो । रोयल्टी रकम सवारी साधन दर्ता तथा नवीकरण गर्दा तिर्नुपर्नेछ ।  विभागका महानिर्देशक रुपनारायण भट्टराईले सार्वजनिक यातायातमा गीतसंगीत अत्याधिक बज्ने भएकाले स्रष्टालाई राहत प्रदान गर्न रोयल्टीको व्यवस्था गरिएको बताए ।

समाचारमा लेखिएको छ, उनका अनुसार लामो समयदेखि गीतसंगीतका स्रष्टाले रोयल्टी माग गर्दै आएका थिए ।आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);