कांग्रेसद्वारा पाँच दिन देशभरका सबै पार्टी कार्यालय बन्द गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कांग्रेसद्वारा पाँच दिन देशभरका सबै पार्टी कार्यालय बन्द गर्ने निर्णय

congress

काठमाडौं, १८ चैत । नेपाली कांग्रेसले पूर्वमन्त्री खुमबहादुर खड्काको निधनको शोकमा पाँच दिनसम्म देशभरका सबै पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ । कांग्रेसको आइतबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले खड्काको निधनप्रति गहिरो शोक व्यक्त गर्दै पाँच दिनसम्म पार्टीको केन्द्रीय कार्यालयलगायत देशभारका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले खड्को निधनको शोकमा ७ दिनसम्म पार्टीको आधा भण्डा झुकाउने र १३ दिनसम्म पार्टीको कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निणर्य गरेको छ ।  खड्काको निधनमा शोकप्रस्ताव पारित गर्दै कांग्रेसले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

गत शुक्रबार निधनभएका खड्काको १३ औं पुण्य तिथिमा भने केन्द्र र सबै जिल्लामा शोकसभा आयोजना गर्ने कांग्रेसले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);