प्रिमियर लिग : म्यान्चेष्टर सिटीको सहज जित | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

प्रिमियर लिग : म्यान्चेष्टर सिटीको सहज जित

manchester city

एजेन्सी , १८ चैत । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेष्टर सिटीले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा एभर्टनमाथि ३–१ को सहज जित निकाल्दै सिटी उपाधि नजिक पुगेको छ ।

अर्को साता घरेलु मैदानमा हुने म्यान्चेष्टर डर्बी म्याचमा जित निकालेको खण्डमा सिटीले लिगको बाँकी छ खेल अगावै उपाधि जित्नेछ । एभर्टनको मैदान गुडिसन पार्कमा भएको खेलमा सिटीले पहिलो हाफमा नै तीन गोल गरेको थियो । खेलको चौथो मिनेटमा लेरोई साने, १२ औं मिनेटमा ग्याब्रियल जेसस र ३७ औं मिनेटमा रहीम स्टर्लिंगले सिटीका लागि गोल गरे ।

खेलको ६३ औं मिनेटमा एभर्टनका बोलासीले सान्त्वता गोल गरे । जितसँगै सिटीले १६ अंकको अग्रता लिएको छ । सिटीको ८४ अंक हुँदा म्यान्चेष्टर युनाइटेड ६८ अंक सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको लिभरपुलको ६६ अंक रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);