अमेरिकी सरकारद्वारा देश छाड्न आदेश दिएका ६० रुसी कुटनीतिज्ञ स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८२, बुधवार

अमेरिकी सरकारद्वारा देश छाड्न आदेश दिएका ६० रुसी कुटनीतिज्ञ स्वदेश फिर्ता

अमेरिकी सरकारले देश छाड्न आदेश दिएका ६० रुसी कुटनीतिज्ञ सहित तिनका परिवारले वाशिङटन छाडेका छन् ।

donald trump

एजेन्सी, १८ चैत । अमेरिकी सरकारले देश छाड्न आदेश दिएका ६० रुसी कुटनीतिज्ञ सहित तिनका परिवारले वाशिङटन छाडेका छन् ।

बेलायतमा एकजना पूर्वरुसी जासुसमाथि स्नायु प्रणालीमा असर पार्ने विषाक्त रासायनिक पदार्थ प्रयोग गरी हमला गरेको घटनालाई लिएर अमेरिकाले रुसी कुटनीतिज्ञलाई देश निकाला गरेको थियो । कूटनीतिज्ञ र उनीहरूका परिवारका सदस्यसहित १७० जनाले वासिंटन छाडेको बीबीसीले जनाएको छ । कुटनीतिज्ञका परिवार दुईवटा विमानबाट मस्को फर्केका हुन् ।

यता रुसले पनि ६० जना अमेरिकी कुटनीतिज्ञलाई देश निकाला गरिसकेको छ । रुसको सेन्ट पिटर्सबर्गस्थित अमेरिकी कन्सुलेट बन्द गर्ने रुसी सरकारको निर्देशनपछि त्यहाँबाट अमेरिकी झण्डा हटाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);