सरकार जनताको भरोसाको अग्नि परीक्षामा : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

सरकार जनताको भरोसाको अग्नि परीक्षामा : प्रचण्ड

काठमाडौं, १७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताको विश्वास र भरोसालाई सार्थक बनाउने अग्नि परीक्षामा रहेको बताएका छन् ।

रिपोर्टस क्लबको २० आैँ बार्षिकोत्सव समारोहलाई शनिबार राजधानीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले सुशासन, स्थिरता र समृद्धिको नारालाई जनताले भरोसा गरि साथ दिएकाले सरकार जनताको भरोसाको अग्नि परीक्षामा रहेको बताए ।

जनताले दिएको विश्वास र भरोसा सरकारका निम्ती चुनौति र अवसर दुवै रहेको भन्दै विरलै आउने अवसर र चुनौति अहिलेको नेतृत्वको काँधमा रहेको प्रचण्डले बताए ।

ठूलो क्षति र पीडाबाट गुज्रेपछि मात्रै मुलुकहरु छिटो छिटो समृद्धि तर्फ जाने गरेको विश्व इतिहास रहेको भन्दै उनले नेपाललाई पनि अब सबै एकजुट भएर समृद्धि तर्फ लैजानुपर्नेमा जोड दिए । फेरी पनि मुलुकलाई आन्दोलन, विखण्डन र हिंसा तर्फ लाने प्रयास गरिए नेपाली जनता स्वयम त्यसको प्रतिकारमा उत्रने प्रचण्डले चेतावनी दिए । उनले समय खेर नफाली विकास, शुसासन र समृद्धिका लागि संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भारत र चीनसँग सुमधुर सम्बन्ध कायम गर्दै दुवैबाट विकास र सम्वृद्धिका लागि लाभान्वित हुने वातावरण श्रृजना गरि अघि बढ्नुपर्नेमा जोड दिए । नेपालको पत्रकारिताले लोकतान्त्रिक र गणतान्त्रिक परिर्वतनका लागि निकै ठूलो भुमिका खेलेको विषय ईतिहासमा दर्ज भईसकेको भन्दै उनले सञ्चार जगतको भूमिकाको पनि प्रशंसा गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);