समुन्नत समाज निर्माणको अभियानमा साथ दिन पत्रकारलाई सभामुखको आह्वान | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

समुन्नत समाज निर्माणको अभियानमा साथ दिन पत्रकारलाई सभामुखको आह्वान

mahara

काठमाडौं, १६ चैत । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले समुन्नत समाज निर्माणको अभियानमा साथ दिन पत्रकारहरुलाई आह्वान गरेका छन् । नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले पत्रकारहरुले साथ दिए समृद्धिको अभियान निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

अहिलेसम्मको राजनीतिक उपलब्धिमा पत्रकारको योगदान उल्लेखनीय रहेको स्मरण गर्दै उनले अब मुलुकको आर्थिक समृद्धिका लागि कलम चलाउन आग्रह गरे । उनले पत्रकारिता क्षेत्रलाई विश्वसनीय र मर्यादित बनाउनुपर्नेमा पनि जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरुलाई सम्मान पनि गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);