माटोलाई समयमै जोगाउन अभियन्ताकाे आग्रह  | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

माटोलाई समयमै जोगाउन अभियन्ताकाे आग्रह 

भक्तपुर। माटो बचाऔं अभियानले माटो जोगाउन आह्वान गरेकाे छ । भक्तपुरकाे एभरेष्ट इंग्लिस स्कुल मिवाछें व्यासी भक्तपुरमा आइतबार सार्वजनिक कार्यक्रममा अभियन्ताहरूले माटो भगवान भएको र यसलाई जोगाउनु आवश्यक भएको बताए ।

माटो वचाऔं अभियानमा देश दौदाहामा हिँडेका अभियन्ताहरू आइतबार भक्तपुर पुगेका थिए । कार्यक्रममा स्कुलका एक हजारभन्दा बढी विद्यार्थीका साथै शिक्षक, अभिभावक तथा सर्वसाधारणको उपस्थिति थियो । अभियन्ता यमबहादुर चोचांगी पुनले माटो बचाउन आह्वान गरे । उनले माटो बचाउन ढिला भइसकेकले आजैबाट सुरु गर्न अनुरोध गरे । पुनले माटोलाई जोगाउनुपर्ने आवश्यकताबारे औंल्याए । हरेक सेकेण्ड करिब आठ रोपनी अर्थात् ३२ कठा खेतीजन्य माटो मरुभूमिमा परिणत भएको भन्दै यो चिन्ताको विषय भएको उनले सुनाए ।संयुक्त राष्टसंघको मरुभूमीकरण र खडेरीविरुद्ध संघर्ष अधिवेशन संस्था (यूएनसीसीडी) काे प्रतिवेदन उद्धृत गर्दै उनले हरेक सेकेण्ड यति धेरै माटो नष्ट हुनु गम्भीर विषय भएको बताए । पुनले काठमाडौंबाट ३५ दिन अगाडिबाट माटो जोगाऔं अभियानका साथ पैदल यात्रा सुरु गरेको जानकारी दिए । उनको यात्रा पूर्वी जिल्लाहरू सकेर शनिबार भक्तपुर पुगेको र आइतबार कार्यक्रम गरेको जनाए ।

कार्यक्रममा एभरेष्ट इंग्लिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले माटो जोगाऔं अभियानसँंगै माटो कसरी जोगाउने भन्ने ज्ञान पनि दिनु आवश्यक भएको सुझाए । उनले आफूलाई जानकारी भए अनुसार रुख रोपेर, रासायनिक मलको प्रयोग गरी कम्पोष्ट मलको प्रयोग गरेर आदि इत्यादि गरेर माटो जोगाउने सकिने जनाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);