नवलपरासी, १५ चैत । पञ्चनगर गोल्डकप प्रतियोगीताको उपाधि देशभक्त युवा क्लब नवलपरासीले हात पारेको छ । पश्चिम नवलपरासीमा भएको फाइनमा योङ्ग स्टार क्लबलाई १–० ले पराजित गर्दै देशभक्तले उपाधि हात पारेको छ ।
बिजेता देशभक्तले १ लाख १० हजार र उपबिजेता योङ्ग स्टारले ६० हजार नगद पुरस्कार पाएको छ । प्रतियोगीतामा १६ टिमले सहभागिता जनाएका थिए ।