काठमाडौं, १५ चैत । सीताराम दुध प्रालिले राजधानीको कुलेश्वरमा विक्रि केन्द्र संचालनमा ल्याएको छ । बिहीबार विशेष कार्यक्रम गरेर ब्राण्ड एम्बेसडर कलाकार दिपाश्री निरौला र जितु नेपालले विक्रि केन्द्रको उद्घाटन गरेका छन् ।
यसअघि अन्य विक्रेतालाई मात्रै दूध विक्रि वितरण गर्दै आएको सीता राम प्रालिले पहिलो पटक आफ्नै विक्रि केन्द्र स्थापना गरेको हो ।
कार्यक्रममा सीताराम गोकुल मिल्सका प्रबन्ध निर्देशक सुमित केडियाले नेपाली बजारमा दूधको माग बढ्दै गएकोले कम्पनी आफैले विक्रि केन्द्र खोलेको बताए ।
सीता राम दूध डेरीले राजधानीका मुख्य स्थानमा विक्रि केन्द्र खोल्दै जाने लक्ष लिएको छ ।