काठमाडौं, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै छिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को पहिलो संयुक्त बैठकलाई पहिलोपटक सम्बोधन गर्न लागेकी हुन् । बैठकमा राष्ट्रपति भण्डारीलाई सम्बोधनको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दिने छन् । संघीय संसद्को संयुक्त बैठक अपरान्ह ४ बजे बोलाइएको छ । बैठकमा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका सचिव र कूटनीतिक नियोगका प्रमुखलाई पनि आमन्त्रण गरिएको छ ।
संघीय संसद्मा सम्बोधनका लागि राष्ट्रपति भण्डारी राष्ट्रपति भवनबाट संघीय संसद् भवनसम्म बग्गीमा जाने कार्यक्रम छ ।