काठमाडौं, १५ चैत । भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढाएको छ । समाचारमा लेखिएको छ, भारतले ढल्केबर मजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको मूल्य प्रतियुनिट ६० पैसा बढाएको हो ।
भारतले प्रतियुनिट ३.६० भारु ५.७६ रुपैयाँमा दिँदै आएको बिजुलीको भाउ बढाएर ३.९८ ६.३६ रुपैयाँ बनाएको छ । ६ महिनाका लागि उक्त दरमा उपलब्ध गराए पनि त्यसपछि पाँच प्रतिशत वृद्धि हुने गरी सम्झौता गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणले ढल्केबर मजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात गर्न १५ महिनाको विद्युत खरिद सम्झौता पिपिए गरेको छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।