काठमाडौं, १४ चैत । ग्रील तथा स्टील व्यवसायी महासंघले फलाम र निर्माण सामाग्रीहरुमा बढेको मूल्य नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरि फलाम र निर्माण सामाग्रीमा बढेको मुल्य स्वभाविक नभएको भन्दै तत्काल अनुगमन गरी नियन्त्रण गर्न माग गरेको हो । मुल्यवृद्धि फिर्ता गरी उद्योग व्यवसाय सञ्चालनको लागि अनुकुल वातावरण नबनाए आन्दोलनमा उत्रने महासंघको चेतावनी छ ।
फलाम र निर्माण सामाग्रीमा मूल्य बृद्धि हुँदा १ लाख ६० हजार श्रमिक र तीनमा आश्रित २० लाख बढी व्यक्तिको भविश्य संकटमा परेको महासंघको भनाइ छ ।