काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सदभावमा खलल आउन नदिन सबै नागरिकलाई आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले मजबुत राष्ट्रिय एकताका साथ मुलुक निर्माणको अभियानमा सहभागी हुन पनि सबैसँग आग्रह गरेका छन् ।
उनले मुलुकमा शान्ति कायम हुन नदिन विभिन्न शक्तिहरुले चलखेल गर्न खोजिरहेको उल्लेख गर्दैै त्यसबाट सचेत रहनुपर्ने आवश्यक्ता औंल्याए।
एमालेको मजदुर संगठन जिफन्टको ७ औं राष्ट्रिय महाधिवेशनलाई बुधबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार मजबुत राष्ट्रिय एकताका साथ मुलुक निर्माणको अभियानमा अघि बढ्ने बताए ।
उनले मुलुकको अर्थतन्त्र ओरालो लागेपनि त्यसलाई माथि उठाएर जनताको अपेक्षा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले समाजिक विकृति र विसंगति हटाउन सरकारले आक्रमणकारी नीति लिने पनि दोहो¥याए । उनले गरिवी र निरक्षरता निकट भविष्यमै हटाउने घोषणा पनि गरे ।
प्रधानमन्त्री ओलीले मुलुकमा काम गर्ने सबैभन्दा अनुकूल वातावरण आएको बताए । उनँले मजदुरहरुको समस्या समाधान गरेर अघि बढ्न सरकार प्रतिवद्ध रहेको बताए । प्रधानमन्त्री ओलीले मुलुकको राजनीतिक, सामाजिक र आर्थिक प्रणाली काम गर्न अनकूल रहेको बताए ।
प्रधानमन्त्री ओलीले संविधानले सबैलाई समान अवसर दिने व्यवस्था गरेको भन्दै सरकार त्यसलाई कार्यान्वयन गरेर अघि बढ्न तयार रहेको ओलीको भनाई छ ।