काठमाडौं, १२ चैत । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक तेस्रो दिन पनि जारी रहेको छ ।
चार महिना पहिले भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भएको हारको समीक्षा गर्न बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राख्ने क्रमलाई निरन्तरता दिएका छन् ।
बैठकमा असन्तुष्ट केन्द्रीय सदस्यहरुले अगाडी महाधिवेशन बोलाउन माग गरेका छन् । बैठकमा नेताहरुको मर्यादा क्रमको विषयलाई लिएर चर्को विवाद भएको छ ।




