काठमाडौं, ११ चैत । एएफसी कपको छनौट चरणको अन्तिम खेलमा सहभागिता जनाउने खेलाडीहरुलाई बिदाई गरिएको छ । कतारको दोहामा हुने यमनविरुद्धको खेलमा सहभागिता जनाउने टोली एवम् प्रशिक्षकलाई आज एन्फाले बिदाई गरेको हो ।
छनोट हुने सम्भावना सकिएको नेपाली टोलीका लागि यो खेल प्रतिष्ठाका लागि हुने छ । विराज महर्जनको कप्तानीमा नेपाली टोली पहिलो जितको लागि मैदानमा उत्रँदा यमन नेपाललाई हराएर एएफसी कपमा आफ्नो स्थान बनाउने दाउमा हुनेछ ।
खेल कतारको दोहामा रहेको सुहिम बिन इमाद स्टेडियममा हुने छ ।




