हरीयाली बनाइँदै राजधानीः दुई दर्जन प्रजातिका १६ हजार वृक्षरोपण | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

हरीयाली बनाइँदै राजधानीः दुई दर्जन प्रजातिका १६ हजार वृक्षरोपण

rajdhani

काठमाडौं, ११ चैत । काठमाडौं महानगरपालिकाले महानगरको सौन्दर्य कायम गर्न महानगर क्षेत्रका मुख्य सडकमार्गमा वृक्षरोपण गर्ने भएको छ । वनस्पति विभाग, वन कार्यालय र फ्लोरिकल्चर एसोसियसनको कहयोगमा १५ वटा सडकमार्गमा १५ हजार ६ सय ७६ वटा वृक्षरोपण गर्न लागिएको हो ।

कामपा वातावरण विभागका प्रमुख हरि कुँवरले महानगर क्षेत्रको ४७ किलोमिटर क्षेत्रमा वृक्षरोपण गर्न लागिएको जानकारी दिए ।

उनले पहिचान भएको रुटमा असारदेखि वृक्षरोपण गरिने जानकारी दिए ।
ती क्षेत्रमा गोल्डेन धुपी, चोरी, टुपडिनथस, जङगोबाइलोबा, पैयुँ, चाँप, कोइरालो, टाँकी, मयूरपङखी धुपी, राजवृक्ष, करबिर, आकाश नियाल लोटिका, पारिजात, स्वामी, लेकपाङरा, कल्की जामुनलगायत दुई दर्जन प्रजातिका वृक्षरोपण गरिने छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);