न्याय क्षेत्रमा गम्भीर घटना घटेको भन्दै राष्ट्रपति चिन्तित | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

न्याय क्षेत्रमा गम्भीर घटना घटेको भन्दै राष्ट्रपति चिन्तित

bidhya-bhandari

बाँके, ९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय न्याय क्षेत्रमा गम्भीर प्रकृतिका घटना घटेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

बाँकेमा नेपाल बार एसोसिएसनले आयोजना गरेको अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घा टन गर्दै राष्ट्रपति भण्डारीले पछिल्लो समय न्याय क्षेत्रमा गम्भीर प्रकृतिका घटना घटेको बताएकी हुन् ।

उनले न्यायपालिकाको परम्परागत छविलाई सुदृढ पार्न कानून व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताइन् । कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अबको एक वषमा सबै कानून बनाउनु पर्ने बताए ।

पूर्व सभामुख सुभाषचन्द्र नेवाङले नेपालको संविधानमाथि कसैको हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिए । उनले नेपाली जनता र देशको आवश्यकता अनुसारमात्र संविधान संशोधन हुने बताए । आइतबारसम्म चल्ने सम्मेलनमा ३ हजार कानून व्यवसायीको सहभागिता रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);