१५ दिन भित्र सबै प्रदेशमा नमुना कानुन तयार : कानुनमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

१५ दिन भित्र सबै प्रदेशमा नमुना कानुन तयार : कानुनमन्त्री

काठमाडौं, ८ चैत । कानुनमन्त्री शेरबहादुर तामाङ्गले १५ दिन भित्र प्रदेशका नमुना कानुन बनाईसक्ने बताएका छन् । रिपोर्टर्स क्लवको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री तामाङ्गले प्रदेश सरकारले कानुन अभावमा काम गर्न नसकेकोले १५ दिनभित्र कानुन बनाएर पठाउने बताएका हुन् ।

सातै प्रदेशका मुख्यमन्त्रीले कानुनको अभावमा सरकार सञ्चालन गर्न कठिनाइ भएको गुनासो गरेपछि केन्द्र सरकारले नमुना कानुन बनाएर पठाउन लागेको हो । उनले नयाँ संविधान अनुसार बनाउनुपर्ने र परीमार्जन गर्नुपर्ने सबै कानुनहरु आगामी आश्विन ३ गतेसम्म बनाईसक्ने बताएका छन् ।

मन्त्री तामाङ्गले अब सबै कर्मचारीले सम्पत्ति विवरण बुझाउने होईन सार्वजनिक गर्ने कानुन ल्याउन लागिएको बताए । सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्दा सुशासन कायम हुने उनको विश्वास छ।

मन्त्री तामाङ्गले मुलुकमा काुननको अभावले हैन कार्यान्वयनको अभावले समस्या भएको भन्दै अव न्यायालयमा हुने भ्रष्टाचार रोक्न पनि विधि बनाउने बताए । मन्त्री  तामाङ्ले न्यायालयमा भ्रष्टाचार नियन्त्रण गर्न र न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्नको लागि तत्काल न्यायपरिषद ऐन संशोधन गर्ने स्पष्ट पारेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);