काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरुलाई पुरुषसरह अधिकारको व्यवस्था गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले ४१ प्रतिशत महिलाहरु निर्वाचनमा निर्वाचित भएको भन्दै अब कानुनी रुपमा पुरुष सरह नै महिला निर्वाचित हुने व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले महिला कार्यक्रमका लागि सरकारले बजेटको अभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे । ललितपुरको सानेपामा बिहीबारबाट सुरु भएको अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको प्रर्दशनी उद्घाटन गर्दै उनले महिलाहरुलाई प्रतिष्पर्धी क्षमता विकास गर्न सुझाव दिए ।
कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाएर समाजिक अन्धविकास हटाउन लागि पर्ने बताइन् ।