झापाको बाँसवारी सामुदायिक वनमा अनियमितता | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८१, मंगलबार

झापाको बाँसवारी सामुदायिक वनमा अनियमितता

खगेन्द्र घिमिरे
झापा, ७ चैत । झापाको बाँसवारी सामुदायिक वनमा अनियमितता भएको खुलासा भएको छ । काठ बिक्री गर्दा वनका पदाधिकारीले किर्ते गरेको बिलसहित फेला परेपछि अनियमितता भएको खुलासा भएको हो । वनमा भ्रष्टाचार भएको आशंकामा उपभोक्तावादीले अख्तियारमा उजुरी समेत परेको छ ।

झापाको बाँसवारी सामुदायिक वनका पदाधिकारीले गोलीया काठ बिक्री गर्दा किर्ते गरेको बिल फेला परेपछि अनियमिता भएको रहस्य सार्वजनिक भएको हो । आफूहरुलाई झुक्काएर बिलमा किर्ते गरि काठ बिक्री गरेको उपभोक्ताले आरोप लगाएका छन् ।

तर वनका सम्बन्धित व्यक्तिहरुले भने अनियमितता नभएको दाबी गर्दै आफूहरुमाथी गलत आरोप लगाएको बताउँदै आएका छन् ।

सामुदायिक वन क्षेत्रभित्र काठ बिक्री गर्ने क्रममा काठ नलिएका उपभोक्ताको नाममा पनि रसिद काटिएको छ । तर बिक्री गरेको काठको बिल बनाउँदा अध्यक्षको आग्रहमा बनाएको कार्यालय सचिव चेतप्रसाद दाहालको भनाई छ ।

२०७३ सालमा वन क्षेत्रको केही काठ बिक्री गर्ने क्रममा काठ तत्कालिन सिमसार निर्माण समितिको अध्यक्ष शम्भु राजबंशीले खरिद गरेका थिए । उनको नाममा बिल नबनाएर अन्य उपभोक्ताको नाम जोडेर बिल बनाइएको रहस्य सार्वजनिक भएको छ ।

नगदी रसिद र अर्धकट्टीको रकम फरक भेटिएको छ । बिलको नगदी रसिदमा ३६ हजार सम्मको बिल बनाइएको छ भने अर्धकट्टीमा न्युनतम २ सय २० रुपैयाँ तोकिएको छ । काठ गरिद गर्ने राजबंशी नै अहिले सामुदायिक वनको अध्यक्ष छन् ।

तत्कालीन अध्यक्ष सिवाकोटीको कार्यकालमा काठ बिक्री गर्दा नगदी रसिद र अर्धकट्टीमा भिन्ना भिन्नै रकम लेखिएको पाइएको हो । काठ बिक्रीबाट उठेको रकम वनको सिमसार पार्क निर्माण क्षेत्रमा खर्च गरिएको पदाधिकारीको दाबी छ । तर उपभोक्तावादीहरुले वनमा अनियमितता भएको दाबी गर्दै छानबिन र अनुसन्धान गर्न माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);