नवलपरासी, ७ चैत । नवलपरासीका सहकारी संस्थाहरु नियम विपरित सञ्चालन हुन थालेका छन् । अधिकांश सहकारी संस्थाहरुले जग्गामा लगानी गर्न थालेको भन्दै सरोकारवाला चिन्तित भएका छन् ।
सहकारी संस्थाहरुले सञ्चालक र संस्थालाई मात्र नाफा हुने क्षेत्रमा लगानी गर्न थालेका छन् । सहकारीहरुले जग्गा र ठूला व्यवसायमा लगानी गर्ने गरेका छन् ।
सहकारी संस्थाहरुले सुपथ मूल्यका सहकारी पसल सञ्चालन गर्न अनुदान समेत लिएका छन् । तर अधिकांश सुपथ पसल बन्द भएको छ । सञ्चालनमा रहेका पसलले पनि मलको बाहेक अन्य कारोबार गर्न सकेका छैनन् । नवलपरासीमा ४ सय ८० सहकारी संस्थाहरु छन् ।