साउन २५ , काठमाण्डौँ । सप्तरीको रुपनी गाउँपालिका–५ अन्तर्गत तेरोहताको एक पोखरीमा आज डुबेर एक बालिकाको मृत्यु भएको छ ।
रुपनी गाउँपालिका–६ जगमोहनटोल घर भई तेरोहोता माइती गएकी अमरिकादेवी चौधरीको तीन वर्षीया छोरी दीपिका चौधरी घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालिकाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।