कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्ने काम सुरु : मन्त्री चक्रपाणी खनाल | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्ने काम सुरु : मन्त्री चक्रपाणी खनाल

chakra pani khanal

काठमाडौं, ७ चैत । कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले तीन वर्षभित्रमा कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्ने गरी काम सुरु गर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खनालले सबै खाले कृषि उत्पादनमा तीन वर्षभित्र आत्मनिर्भर बनेर आयात बन्द गर्ने दाबी गरेका हुन । मन्त्री खनालले पाँच वर्षभित्रमा आर्गनिक उत्पादन निर्यात गर्न सकिने समेत दाबी गरे ।
कृषि उत्पादनमा आत्मनिर्भर बनेपछि अर्गानिक उत्पादन निर्याततर्फ लागिने उनको भनाई छ । त्यसैगरी सातदेखि दशवर्षसम्ममा फलफूल उत्पादनमा समेत आत्मनिर्भर हुनेगरी काम सुरु गरिने मन्त्री खनालले बताए ।

अहिले सबै कुरा अध्ययनसमेत गर्न नभ्याएको भन्दै उनले कृषि प्रधान देशको नागरिक भएका नाताले धेरै समस्याका बारेमा आफू जानकार भएको बताए । अहिले नेपालको कृषि क्षेत्र घिस्रिरहेको तर्क गर्दै उनले कृषिजन्य उत्पादन आयात र खरिद मात्रै हुनु चिन्ताजनक भएको बताए । यसअघि बनाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै खनालले उक्त परियोजनालाई परिमार्जन गर्नुपर्ने बताएका छन् ।

विदेश जाने युवालाई रोकेर कृषि क्षेत्रमा सहभागि गराउन सके नेपालको कृषि क्षेत्रले फड्को मार्ने उनको जिकिर छ । कृषिजन्य वस्तुमा प्रयोग हुने गरेको विषादी रोक्नका लागि पनि मन्त्रालयले नयाँ योजना ल्याउने बताएका छन् । भूमि व्यवस्था मन्त्रीसमेत रहेका खनालले भूमि व्यवस्थापनका लागि मालपोत र नापी कार्यालयलाई नै व्यवस्थित गर्नुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);