किशन, भण्डारी
काठमाडौँ, ६ चैत । राजनीति हावी हुँदा खेल क्षेत्र अस्तव्यवस्त भएको समयमा नेपाली क्रिकेटले आशाको किरण जगाएको छ । राजनीतिक खिचातानीका कारण नेपाली क्रिकेटको नियमक निकाय क्यान निलम्बनमा परेको अवस्थामा पनि खेलाडीको अथक प्रयासले हालसम्मकै ठूलो सफलता हात परेको छ ।
जिम्बाबेबाट एकदिवसीय मान्यता लिएर स्वदेश फर्केका खेलाडि र प्रशिक्षकले प्राप्त सफलता गुम्न नदिने वातावरण बनाउन सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
नेपालको खेल क्षेत्रको विकास सरकारका मन्त्री र खेलकुदसँग सम्बन्धित निकायका पदाधिकारी तथा राजनीतिक दलका नेताहरुको भाषणमै सिमित भएको छ । भाषणमा खेल क्षेत्रको विकासका ठूला–ठूला कुरा हुने गरेपनि व्यवहारमा भने देखिएको छैन ।
अझै खेलसँग सम्बन्धित निकाय राजनीतिक भर्ती केन्द्र बनेका छन् भन्दा फरक नपर्ला । राजीतिक खिचातानीकैबीच नेपाली क्रिकेटको नियमक निकाय क्यान निलम्बनमा परेको बेला खेलाडी र प्रशिक्षको मिहेनतले हालसम्मकै ठूलो सफलता हात पारेको छ ।
जिम्बाबेबाट एकदिवसीय मान्यता लिएर स्वदेश फर्केका खेलाडीहरुले अबको सरकारले भने खेल क्षेत्रमा देखिएका विकृति हटाउन पहल गर्ने आशा व्यक्त गरे । सफलता हात परे पनि अबको बाटो त्यती सहज भने छैन । खेल क्षेत्रको विकास लागि सरकार र नियमक निकाय जिम्मेवार बन्दै योजना बनाएर अघि बढ्नुपर्ने खेलाडीहरुको भनाइ छ ।
घरेलु संरचना, पूर्वाधार लगायतका समस्याले जकडिएको नेपाली क्रिकेटलाइै अघि बढाउँदै खेल प्रमीलाई अझ थप खुशी दिन सम्बन्धित निकायले थप कदम चाल्नपर्ने उनीहरुको ठम्याई छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हात पारे त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थलमा खेलाडिको स्वागत गर्ने र केही पुरस्कार घोषणा गर्ने प्रवृतिले मात्र नेपाली क्रिकेटको विकास सम्भव छैन । विमानस्थलमा पुगेका खेलप्रमीले भने झै टुँडीखेलमा खेलेर विश्वकप जित्न सकिन्न ।
ठूलो सम्भावना बोकेको नेपाली क्रिकेटलाई विश्वकपको उपाधि चुम्ने बनाउन सरकार र जिम्मेवार नियकाले भौतिक संरचनाको निर्माण, खेलाडिको व्यवस्थापन, प्रशिक्षण जस्ता पक्षमा ध्यान दिन जरुरी छ ।
साथै खेल क्षेत्रलाई राजनीतिक क्रिडास्थल बनाइनु हुँदैन । सिमित व्यक्ति र समुहकोे निहित स्वर्थ भन्दा टाढा राखेर खेल क्षेत्रलाई व्यवसायीक बनाउने हो भने नेपालको विश्वकप यात्रा र उपाधि पनि सम्भव छ ।